धनकुटाको बेलहारामा अपरिचित व्यक्तिलाई प्रवेश निषेध, आउँनेलाई भौतिक कारबाही गरिने
धनकुटा । धनकुटा नगरपालिका–९ बेलहाराका युवाहरुले गाउँमा अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाएका छन् । उनीहरुले गाउँमा आउँनेलाई भौतिक कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
बाहिरबाट गाउँमा आउँने व्यक्तिमार्फत कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै युवाहरुले नचिनेको व्यक्तिलाई गाउँ छिर्न नदिने निर्णय गरेका हुन् । बेलहारा स्थित माहाङ युवा समुहको अगुवाइमा गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध लेखिएको...






























