साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको विजयी सुरुवात
विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्...































