बिराटनगर । बिराटनगर महानगरपालिका क्षेत्रलाई मंगलवारबाट ‘लकडाउन’ गरिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि ‘लकडाउन’ गर्न लागिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।
‘रानी–जोगवनी नाका लकडाउन भईसकेको छ । अव महानगरलाई पनि यसको विकल्प नभएकाले लक डाउन गर्न लागेको हौ ।’ मेयर पराजुलीले भने । लकडाउनका लागि महानगरले अधिकांस संघसस्थासँग छलफल पनि गरिसकेको छ ।
लकडाउन भनेको आमनागरिकलाई घरभन्दा बाहिर ननिस्कन भनिएको हो । अतिआवश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैन । लकडाउनमा भोजभतेर, यात्रा, भेला हुन प्रतिबन्ध लगाएको हुन्छ ।
बाहिर निस्कनै परे सरकारबाट अथवा तोकेको निकायबाट अनुमति लिएर बाहिर निस्कन पाउँछन । योभन्दा बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैनन् । यो विशेष परिस्थितिमा मात्र लागू हुन्छ ।