एकै दिन २१३ स्थानमा डढेलो

एकै दिन २१३ स्थानमा डढेलो

काठमाडौं । लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो । नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भए...
यस्तो छ बेतना सिमसार (भिडियो)

यस्तो छ बेतना सिमसार (भिडियो)

मोरङ, ३० फागुन । मोरङको बेलवारी स्थित बेतना सिमसारमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिमसार क्षेत्र अवलोकनका लागि सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । पर्यटकसँगै पिकनिक खानेहरुको पनि सिमसार क्षेत्रमा घुँईचो लाग्ने गर्छ । सिमसार क्षेत्रमा जनावर तथा चराहरु पनि राखिएको छ । निलगाई, बाह्रसिंगे, वाँदर, चिल, अजिङ्गर लगायतलाई संरक्षण गरी अवलोकनका लागि राखिएको छ । हेर्नुहोस् भिडियो...
निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीबिरुद्ध ३५ दिने वारेन्ट जारी

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीबिरुद्ध ३५ दिने वारेन्ट जारी

काठमाडौँ, २९ फागुन । कञ्चनपुर जिल्ला अदालतले निर्मला हत्या प्रकरण अनुसन्धानमा लापरवाही गर्ने दुई प्रहरी अधिकृत तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा ३५ दिने वारेन्ट जारी गरेको छ । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्त हत्या अनुशन्धानका क्रममा प्रमाण नष्ट गरेकाे भनी निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले दिएको उजुरीका आधारमा मुद्दा दर...
सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

काठमाडौँ, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सहमतिको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको भन्दै स्वागतयोग्य भनेको छ । तर बुँदा न...
उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

काठमाडौँ, २९ फागुन । सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने...
प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध मुद्दा दायर

प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत घिमिरेले माध्यामिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरक...
जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

काठमाडौं । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् । गोलभेडाको जुस एक चिम्टी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् । ...
मलेसियामा अलपत्र नेपालीको उद्धार

मलेसियामा अलपत्र नेपालीको उद्धार

काठमाडौँ, २९ फागुन । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन...
दुई विधेयक पारित, दुई विधेयक समितिमा

दुई विधेयक पारित, दुई विधेयक समितिमा

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ...
सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

बीबीसी । के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु। तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ। विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाह...
इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए सलमान खानसँग अनुमती

इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए सलमान खानसँग अनुमती

बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म उनको फिल्म इदमा नै रिलिज भएको छ । यसैबीच सन् २०१३ मा उनका साथी शाहरुख खानको चेन्नई एक्सप्रेस इदमा रिलिज भयो । रोचक कुरा के छ भने इदको मौकामा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि तयार हुँदैनन्...
झापा दमकको दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक

झापा दमकको दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक

उर्लाबारी, २९ फागुन । झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन । बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान...
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन ...
देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

दैलेख, २९ फागुन ।  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हुँदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्नुहुन्छ, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छौँ, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो । आफू...
जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन...
राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र ला...
महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

एजेन्सी । मानिसका मनोरोग तथा शौखहरु पनि कस्ता–कस्ता ! जापानका माकोटो इन्डो नामका एकजना व्यक्ति महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्तिले महिलाका जुत्ता चप्पल चोर्नुको कारणचाहिँ अनौठो रहेछ । वास्तवमा उनले यौन आनन्द प्राप्त गर्नका लागि महिलाका जुत्ता चोर्दा रहेछन् । जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन् । महिलाले लगाएर मैलो भएका जुत्त...
ट्रकको ठक्करले एक युवतीको मृत्यु

ट्रकको ठक्करले एक युवतीको मृत्यु

दमौली, २९ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर...
मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची, २९ फागुन । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी ...
फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसरी भयो ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसरी भयो ?

काठमाडौं । फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शब्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभे...
सिरहाको लहान नगरपालिकामा आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति

सिरहाको लहान नगरपालिकामा आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति

लहान, २९ फागुन । बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दि...
लहानमा दुर्घटनामा दुईको मृत्यु

लहानमा दुर्घटनामा दुईको मृत्यु

लहान, २९ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–...
रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र...
सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिए

सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिए

एजेन्सी । लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्ष‍ित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारणसमेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हिट फिल्मसमेत दिएका थिए । अभिसेक भ्रमनद्वारा निर्देशित फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे सन्जय दत्तलाई सोध्दा माधुरी मेमसँग काम गर्न पाउनु...
काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौँ । काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन ...
वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थि...
भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

काठमाडौँ, २९ फागुन । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।” विशेष गरी याता...
सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौँ, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनी...
ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते

ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते

ओखलढुंगा, २८ फागुन । ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते भएकी छन् । मानेभज्याङ गाउँपालिका १ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाईबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई गम्भीर घाइते भएकी हुन् । आइतबार बेलुका मादक पदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी बिबाद हुदाँ श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्...
झापामा हात्तीको आक्रमणले एकको मृत्यु

झापामा हात्तीको आक्रमणले एकको मृत्यु

भद्रपुर, २८ फागुन । जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्य...
मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा छलफल : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा छलफल : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री द...
error: Content is protected !!