महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...































