संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । बेल्जियमबाट आएकी बागलुङकी २२ बर्षीया युवतीमा शनिवार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले जानकारी दिए ।

Advertisement

संक्रमित किशोरी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा चैत १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिवार संक्रमण पुष्टि भएकी युवती बागलुङ नगरपालिका स्थित आफ्नै घरमा थिइन् । उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा बसकी थिईन् । संक्रमण पुष्टि भएपछि उनलाई अब सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!