- संगालोखबर सम्वाददाता

भरतपुर । चितवनको भरतपुर स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान एक युवाको मृत्यु भएको छ । कोरोनाको आशंका गरी चितवन मेडिकल कलेजबाट भरतपुर कोरोना अस्पताल पठाईएका वीरगञ्जका ३० वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित थिए । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको भएपनि कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ । मृतकको शव अस्पतालमै राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!