धनकुटामा डिलरबाट ग्याँस नपाउँदा नाराबाजी, प्रहरी परिचालन गरेर बाँढियो ग्याँस

धनकुटामा डिलरबाट ग्याँस नपाउँदा नाराबाजी, प्रहरी परिचालन गरेर बाँढियो ग्याँस

धनकुटा । धनकुटामा डिलरबाट ग्यास वितरण गर्न आनाकानी गरिएको भन्दै उपभोक्ताले ग्यास डिलर सञ्चालकबिरुद्ध आज नाराबाजी गरेका छन् । खाना पकाउँने ग्यास लिन खाली सिलिण्डर बोकेर जिरो पोईन्ट स्थित कोशी ग्यास डिलर पुगेका उपभोक्तालाई ग्यास दिन आनाकानी गरिएको भन्दै उनीहरुले डिलर सञ्चालकविरुद्ध नारावाजी गरेका हुन् । डिलरबाट वितरण नगरी अतिरिक्त शुल्क लिएर गाडी मार्फत घर–घर ग्यास पुर्याउँने डिलर सञ्चालकले बताएप...
पाख्रीवासकी अधिकारीको शव तमोर नदीमा फेला, सुसाइड नोट पनि भेटियो

पाख्रीवासकी अधिकारीको शव तमोर नदीमा फेला, सुसाइड नोट पनि भेटियो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-२ ओख्रेकी २१ बर्षीया सर्मिला अधिकारीको शव तमोर नदीमा फेला परेको छ । साँगुरीगढी गाउँपालिका–७ चनौती स्थित तमोर नदी किनारमा आईतबार दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी चार दिन अघिदेखि परिवारसँग सम्पर्कबिहिन थिईन् । नदी किनारमा तैरिरहेको अवस्थामा अधिकारीको शव भेटिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदर्शन कोईरालाले संगालोखबरलाई जानकारी दिए...
बीरगञ्जका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन : पटना मेडिकल कलेज

बीरगञ्जका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन : पटना मेडिकल कलेज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए । ‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले अनलाइनखबरसँग टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठा...
धनकुटामा बनाइयो क्वारेनटाइन र आइसोलेसन वार्ड

धनकुटामा बनाइयो क्वारेनटाइन र आइसोलेसन वार्ड

धनकुटा । विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि धनकुटामा क्वारेनटाइन र आइसोलेसन वार्ड बनाईएको छ । धनकुटा–६ स्थित औद्योगिक ग्राममा आईतबार ६० वटा क्वारेन्टाइन र १२ वटा आइसोलेन्स वार्ड स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सरोकारवालाको पहलमा डेक्स स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी ...
भेडेटारका लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

भेडेटारका लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउँने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका संचालक लावतीले क्वारेनटाइनका लागि होटलका पाँच वटा कोठा उपलब्ध गराउँने घोषणा गरेका हुन् । कोरोना भाईरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेका बेला सहयोग गर्नु मानवीय कर्तव्य भएकाले क्वारेनटाइनका लागि कोठा उपलब्ध गराउँने लावतीले बताए । ‘क्वारेनटा...
कोरोनाका कारण संखुवासभाका राईको बेलायतमा मृत्यु

कोरोनाका कारण संखुवासभाका राईको बेलायतमा मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संखुवासभाका लिलाबहादुर राईको वेलायतमा मृत्यु भएको छ । लण्डन स्थित नर्थविक पार्क हस्पिटलमा उपचारका क्रममा ६६ वर्षीय पूर्व गोर्खा सैनिक राईको मृत्यु भएको हो । बेलायतको हृयारो सहरमा बस्दै आएका राईको गत मंगलबार मृत्यु भएको थियो । तर, अस्पतालले कोरोनाका कारण मृत्यु भएको सुक्रबार मात्र पुष्टि गरेको हो । गोर्खा सैनिक सेवाबाट निवृत भएपछि परिवारसहित वेलायत बस्दै ...
धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप

धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप

धनकुटा । समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष विकास घिमिरेलाई गलत प्रचार गरेको आरोप लागेको छ । धनकुटा नगरपालिका–९ का बिकाश रायाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष घिमिरेले आफ्नो बिषयमा सामाजिक सञ्जाल फेसवुकमा गलत प्रचार गरेको आरोप लगाएका हुन् । घिमिरेले केहि दिन अघि समाजवादी पार्टीको बिसु अभियानमा वडा नं.९ को संयोजक चयन भएको भन्दै रायलाई फेसवुक मार्फत बधाई दिएका थिए । नेकपा निकट बताउँन...
भोजपुरमा चट्याङ लागेर महिलाको मृत्यु

भोजपुरमा चट्याङ लागेर महिलाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ट्याम्केमैयुम–३ गिरी टोलकी ५७ बर्षीया दुर्गामाया गिरी छन् । शुक्रबार अपरान्ह पौने ४ बजे आफ्नै घरमा बसिरहेका बेला उनलाई चट्याङ लागेको हो । चट्याङ लागेर गंभीर घाईते भएकी गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुयाईएको थियो । उपचारकै क्रममा साँझ करिव ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उदयपुरमा एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

उदयपुरमा एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । सडक छेउमा बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिदा त्रियुगा–९ झिल्के चोकका ६२ बर्षीय तिलक दनुवार र १४ बर्षीय रोशन दनुवारको मृत्यु भएको हो । शुक्रबार साँझ करिव ६ बजे चुहाडेबाट गाईघाट जाँदै गरेको स.१ झ.४७७ नम्बरको एम्बुलेन्सले झिल्के चोक नजिक सडक छेउमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्...
महालक्ष्मीमा माटो परिक्षण शिविर, पहिलो दिन २ सय कृषकका खेतबारीको माटो जाँच

महालक्ष्मीमा माटो परिक्षण शिविर, पहिलो दिन २ सय कृषकका खेतबारीको माटो जाँच

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबारबाट माटो परिक्षण शिविर सुरु भएको छ । सुनसरीको झुम्का स्थित माटो तथा मल परिक्षण प्रयोगशालाको प्राबिधिक सहयोगमा महालक्ष्मी नगरपालिकाले माटो परिक्षण सम्बन्धि तीन दिने शिविर आयोजना गरेको हो । नगरक्षेत्रका कृषकलाई माटो अनुसारको बाली, फलफुल तथा बिरुवा लगाउँन प्रोत्साहन गर्दै उत्पादन बृद्धि गराउँनका लागि शिविर आयोजना गरिएको महालक्ष्मी नगरपालिकाका मेयर प...
धनकुटाका सबै हाट बजार बन्द गरिने, भेडेटारमा कोरोना हेल्प डेक्स राखिने

धनकुटाका सबै हाट बजार बन्द गरिने, भेडेटारमा कोरोना हेल्प डेक्स राखिने

धनकुटा । कोरोना भाइरस संक्रमण रोकथामका लागि धनकुटाका सवै हाट बजार बन्द गरिने भएको छ । शुक्रबार भएको सर्वपक्षिय भेलाले जिल्लामा लाग्दै आएका सम्पूर्ण हाट बजार बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा भएको भेलाले जिल्लाको दक्षिण तर्फको प्रमुख नाका भेडेटारमा स्वास्थ्य परिक्षण डेक्स (हेल्प डेक्स) स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्लाका सात वटै स्थानी...
देशबासीलाई प्रधानमन्त्रीको संबोधन: अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने (संबोधनको पूर्णपाठ)

देशबासीलाई प्रधानमन्त्रीको संबोधन: अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने (संबोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गरेका छन् । संबोधनका क्रममा उनले चैत ९ देखि २१ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका छन्। यस्तो छ प्रधानमन्त्रीले गरेको संबोधनको पूर्णपाठ  आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा वि...
सुनकाे मूल्य बढ्याे

सुनकाे मूल्य बढ्याे

  काठमाण्डाै ।  सुनकाे मूल्य शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
पथरीशनिश्चरेमा बत्ति मर्मत गर्दा करेन्ट लागेर मृत्यु

पथरीशनिश्चरेमा बत्ति मर्मत गर्दा करेन्ट लागेर मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरेमा गएराती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भान्सा कोठामा बत्ति मर्मत गर्ने क्रममा करेन्ट लाग्दा पथरीशनिश्चरे–६ शान्ति चोकका ३९ बर्षीय मन बहादुर वि.क. को मृत्यु भएको हो । भान्साघरमा बिजुली बत्ति बिग्रिएपछि मर्मत गर्ने क्रममा राती करिव साँढे ८ बजे करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भारतमा चार बलात्कारीलाई दिईयो फाँसी

भारतमा चार बलात्कारीलाई दिईयो फाँसी

नयाँदिल्ली । भारतमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिईएको छ । बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई तिहाड जेलमा बिहान साँढे ५ बजे झुण्ड्याएर फाँदी दिईएको हो । बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरेका थिए । दिल्ली हाईकोर्टले...
नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी

नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी

बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुँँनाले संक्रमण फैलनसक्न...
समाचार संकलनमा खट्ने पत्रकारलाई कोरोनाबाट जोगाउँँन सुरक्षा सामाग्री माग

समाचार संकलनमा खट्ने पत्रकारलाई कोरोनाबाट जोगाउँँन सुरक्षा सामाग्री माग

बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङले समाचार संकलनमा खटिने पत्रकारलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँँन सरकारसँग सुरक्षा सामाग्री माग गरेको छ । महासंघको आज बसेको १५ औं पूर्ण बैठकले पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउँन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको विपद् व्यवस्थापन समिति समक्ष माग गरेको हो । ‘कोरोना भाइरसको उच्च जोखिममा नेपाल र मोरङ बिराटनगर पनि रहेकाले समाचार...
धरानमा पुजा गर्ने क्रममा जलेर बृद्धाको मृत्यु

धरानमा पुजा गर्ने क्रममा जलेर बृद्धाको मृत्यु

धरान । सुनसरीको धरानमा आज बिहान पुजा गर्ने क्रममा शरिरमा आगो सल्किएर जल्दा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उपमहानगरपालिका–१६ की ९० बर्षीया आशादेवी राना छन् । बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा बृद्धाको कपडामा आगो सल्किएको हो । शरिरमा सल्किएको आगो निभाउँन नसक्दा उनको शरिरका बिभिन्न माग जलेको थियो । जलेर गंभीर घाईते भएकी रानालाई उपचारका लागि तत्काल धरान...
सबै एनटिसी नम्बरमा कोरोनाको सिआरबिटी

सबै एनटिसी नम्बरमा कोरोनाको सिआरबिटी

काठमाडौं । नेपाल टेलिकमका सवै नम्बरहरुमा कोरोना भाइरस सम्बन्धि रिंगब्याक टोन बज्न थालेको छ । टेलिकमले कोरोना भाइरसको संक्रमणप्रति सतर्कताका लागि सिआरबिटी मार्फत सचेतनामुलक सन्देश दिने व्यवस्था मिलाएको हो । जुनसुकै नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट सुरक्षित रहने बिधिको सन्देश दिने व्यवस्था मिलाईएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सबै जिएसएमए नम्बरहरुमा निःशुल्...
सुनकाे भाउ घट्याे

सुनकाे भाउ घट्याे

काठमाण्डाै । सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

धनकुटा । बिहिबारदेखि सुरु हुँन लागेको एसईई परीक्षा अन्तिम दिनमा आएर स्थगित गरिदा बिद्यार्थीहरु मारमा परेका छन् । एसईई स्थगित गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् । संगालोखबरले सामाजिक सञ्जाल फेसबुकमा ‘परीक्षाको अघिल्लो दिन एसईई स्थगित गरिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने अधिकांसले निर्णयको विपक्षमा धारणा राखेका छन् । कोरोनाको संक्रमण विश्वभर ...
एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

काठमाडौं । बिहिबारदेखि सुरु हुँन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण देखाउँदै सरकारले अन्तिम अवस्थामा आएर बुधबार एसईई स्थगित गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । परिक्षामा धेरै बिद्यार्थीको जमघट हुँने हुँनाले...
झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा–४ का १७ बर्षीय मन कुमार थापा छन् । बिहान करिव १० बजे बिरिङ खोला तर्फ जाँदै गरेको मे.१ त.४९११ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको हो । ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । ठक्कर दिने...
फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै । बुधबार सुनको भाउ बढेको छ । तोलामा एक हजार रुपैयाँले भाउ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलबार तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघलले जनाएको छ ।
बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगर । प्रदेश नं. १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएर आएका प्रमुख सचिव दिनेश भट्टराईसँग उद्योगीहरुले भेटघाट गरेका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख सचिव भट्टराईलाई स्वागत गर्दै उद्योग संगठन मोरङले भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख सचिव भट्टराईले उद्योगका समस्याप्रति जानकार रहेको भन्दै ऐन, कानुनले तोकेको परिधिलाई ध्यानमा राखी उद्योगी व्यावसा...
किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार

किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्। मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्...
तोलामा दुई हजार घट्यो सुनको भाउ

तोलामा दुई हजार घट्यो सुनको भाउ

काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ ओरालो लागेको छ । सोमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ हजार घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन व्यावसायीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दी बढ्दा लगानीकर्ताले डलरमा लगानी बढाएक...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

बिराटनगर । नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् । शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई ...
कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सियाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो । खोपको सोम...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५०० बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
error: Content is protected !!