काठमाडौँ । कोरोना भाइरसका कारण गरिएको लकडाउनलाई लक्षित गरी नेपाल टेलिकमले रिचार्जमा सत प्रतिशत बोनस दिने योजना ल्याएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि बोनस योजना लागू हुने जनाएको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । सोहि निर्देशनलाई पालना गर्दै टेलिकमले उपभोक्तालाई राहत दिन ७ दिनका लागि बोनस योजना ल्याएको हो ।

टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । यो बोनसबाट व्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज गरिद गर्न वा गिफ्ट पठाउन भने पाइदैन ।

५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने छ ।

विद्युतीय प्रणालीबाट एक हजार माथिको रिचार्ज गर्दा बोनस व्यालेन्स १० दिनभित्र खपत गर्नुपर्नेछ टेलिकमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!