संगालोखबर सम्वाददाता

काठमाडौं । धनगढीमा पनि कोरोना संक्रमित बिरामी भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या चार पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज साँझ आकस्मिक ब्रिफिङ गर्दै कोरोना संक्रमित चौथो व्यक्ति फेला परेको जानकारी दिएको हो ।

Advertisement

संक्रमित बिरामीको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । दुबईबाट आएका ४३ बर्षीय ती व्यक्ती चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए ।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८ सय २ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो ।

तर, साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले साँझ अर्को ब्रिफिङ गर्दै संक्रमित बिरामी भेटिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!