- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित अर्का व्यक्ति फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बुधबार अर्का व्यक्तिमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

Advertisement

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको हो । बिरामीको थप जानकारी गोप्य राखिएको छ । योसँगै कोरोना संक्रमित बिरामीको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ती जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

चीनबाट आएका विद्यार्थीमा पहिलो पटक कोरोना संक्रमण भटिएको भएपनि उनी उपचारपछि निको भईसकेको छन् । गत ४ गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण देखिएपछि उनलाई अहिले आईसोलेशनमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!