- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेका छन् ।

विश्वलाई नै आतंकित बनाईरहेको कोरोना भाईरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार भएका हुन् । निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाईसमेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा.शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउँन दिने महत्वपूर्ण घोषणा गरेका हुन् ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् । समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माको यो घोषणाले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।

डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहिबार पत्रसमेत पठाएका छन् । शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ ।

कोरोना रोकथाम संयोजन समिति संयोजक डा.कोइराला जस्ता जिम्मेवार व्यक्तिसहित राज्यनै लागिपरेकाले सवैको हातेमालोले मुलुकमा चाडै कोरोना संक्रमण रोकथाम हुँने डा.शर्माको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!