खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु

खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा आज अपरान्ह खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय बक्रा खोलामा डुब्दा उर्लाबारी–१ का हस्तबहादुर राईका १४ बर्षीय छोरा सन्देश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज अपरान्ह ४ बजे आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा रहेको बक्रा खोलामा डुबेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि उर्लावारी स्थित अरनिको अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा साढे ४ बजे उनको मृत्यु...
इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति

इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति

बिराटनगर । इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सात चौपाया पनि मरेका छन् । उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्रबहादुर मगरको घरमा गएराती साँढे ११ बजे चट्याङ पर्दा चन्द्रबहादुरसहित उनकी श्रीमती ४८ बर्षीया मनकुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर घाईते भएका छन् । चट्याङ लागेर मगरको गोठमा बाधिराखेको एउटा पाख्रा पनि मरेको छ । त्यस्तै कटारी–६ रिस्कु...
नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

बिराटनगर । बुधबार पनि कोरोना संक्रमित थपिएका छन् । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा थप तीन पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेनटाइनमा रहेका २४, ६० र ७२ बर्षीय पुरुषमा संक्रमण देखिएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनीहरु पनि उदयपुरकै हुन् । योसँगै नेपालम...
धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटा । धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्लाको छथरजोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुबिरुद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । लिम्बुले गत आईतबार राती आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधक पदार्थ सेवन गरेका दुवैवीच सुँगुर बेचेको निहुँमा उत्पन्न वि...
उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

बिराटनगर । उदयपुरको भुल्केमा मंगलबार एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन र धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा आठ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दिउँसो एक जनामा संक्रमण भेटिएको थियो । पछि पुनः अर्का दुई जनामा पनि संक्रमण देखिएको हो । यता, कोशी अस्पताल...
उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

बिराटनगर । उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुनःपरीक्षण गरिएको थियो । बीपीमा पीसीआर परीक्षण गर्दा पनि उनीहरुमा कोरोनाको संक्रमण देखिएको स्रोतले जनाएको छ । यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उदयपुरका एक जनामा संक्रमण भेटिएकाले उदयपुरमा संक्रमितक...
उदयपुरमा थपिए अर्का कोरोना संक्रमित, संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा थपिए अर्का कोरोना संक्रमित, संक्रमितको संख्या ३२ पुग्यो

बिराटनगर । उदयपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिईएको हो । राष्ट्रिय प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरमा मात्रै संक्रमि...
उदयपुरका थप ८ जनामा कोरोना आशंका, कोशीबाट पुनः परीक्षणका लागि बीपी पठाइयो

उदयपुरका थप ८ जनामा कोरोना आशंका, कोशीबाट पुनः परीक्षणका लागि बीपी पठाइयो

बिराटनगर। १३ जनालाई कोरोना भाइरस पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका ८ जनालाई कोरोनाको पुनः परीक्षणका लागि मंगलबार धरान लगिएको छ । गत शनिबार स्वाब संकलन गरेका ६९ जनामध्ये उनीको पीसीआर परीक्षण गर्दा शंकास्पद देखिएको भन्दै नयाँ स्वाब संकलन गरी पुनः परीक्षण गर्न उनीहरुलाई धरान लगिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य...
मौसम खराब हुने भएकाले सतर्क रहन पूर्वानुमान महाशाखाको अपिल

मौसम खराब हुने भएकाले सतर्क रहन पूर्वानुमान महाशाखाको अपिल

काठमाडौं । देशका अधिकांश स्थानमा आज मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भईरहेको छ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केहि दिन मौसम खबर हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अपिल गरेको छ । महाशाखाले मौसम चेतावनी जारी गर्दै बिहान ६ बजेदेखि २४ घण्टासम्म देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानी पर्ने संभावना रहेकाले सतर्कता अपनाउन ...
प्रदेश १ मा ३२ सय जनाको कोरोना परीक्षण, ८ सय जना क्वारेनटाइनमा

प्रदेश १ मा ३२ सय जनाको कोरोना परीक्षण, ८ सय जना क्वारेनटाइनमा

विराटनगर । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण गरिएको छ । आरडीटी विधिबाट २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्र...
धनकुटा नगरपालिकाले बाटोमा अलपत्र परेकाको उद्धार गर्ने

धनकुटा नगरपालिकाले बाटोमा अलपत्र परेकाको उद्धार गर्ने

धनकुटा । धनकुटा नगरपालिकाले नगरक्षेत्रको राजमार्गमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गर्ने भएको छ । लकडाउनका कारण पैदल हिडेर गन्तव्यमा पुग्न नपाई बाटोमै अलपत्र परेकाहरुलाई उद्धार गरी व्यवस्थापन गरिने भएको हो । नगरपालिकाद्वारा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पैदल आएर बाटोमा अलपत्र परेका बटुवाहरुलाई सहजताका लागि खाना र बस्नको व्यवस्था मिलाउन लाग...
धनकुटामा श्रीमतीद्वारा श्रीमानको हत्या

धनकुटामा श्रीमतीद्वारा श्रीमानको हत्या

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । छथर जोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुले आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेकी हुन् । सुँगुर बेचेको निहुँमा भएको विवादमा धनमायाले इन्द्रबहादुरलाई टाउकोमा लाठि प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ध्रुबकुमार श्रेष्ठले संगालोखबरला...
तेह्रथुम, पाँचथर र झापामा एकैदिन तीन जना मृत फेला

तेह्रथुम, पाँचथर र झापामा एकैदिन तीन जना मृत फेला

बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा आज तीन जना मृत फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापामा सोमबार दिउँसो तीन जना मृत अवस्थामा भेटिएका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ दारे गौडा नजिकै संखुवासभाका करिब ४२ बर्षीय पासाङ शेर्पा मृत फेला परेका हुन् । बिगत २० बर्ष अघिदेखि चिल्ड्रेन पार्कको टहरामा बसेर ज्यालामजदुरी गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार...
तेह्रथुमका युवामा कोरोना संक्रमण नभएको पुष्टि, धनकुटाको हल्ला निराधार

तेह्रथुमका युवामा कोरोना संक्रमण नभएको पुष्टि, धनकुटाको हल्ला निराधार

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेममा ‘र्‍यापिड डाइग्नोष्टिक टेष्ट’ (आरडीटी) गर्दा ‘पोजिटिभ’ देखिएका युवाको ‘स्वाब’ परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । ‘आरडीटी पोजिटिभ’ देखिएपछि उनको ‘स्वाब’ परीक्षणका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । ‘आरडीटी पोजिटिभ’ देखिएका युवासहित तेह्रथुमका १० जनाको ‘स्वाब’ परीक्षणका लागि धरान पुर्याइएको थियो । तर, परीक्ष...
धनकुटाका सिडिओ भन्छन : सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाउँनेलाई कारबाही हुन्छ

धनकुटाका सिडिओ भन्छन : सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाउँनेलाई कारबाही हुन्छ

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सामाजिक सञ्जालमा कोरोना सम्बन्धि गलत अफवाह फैलाउँनेहरुलाई कारबाही गर्ने बताएका छन् । धनकुटाका कतिपय व्यक्तिले कोरोना पुष्टि भएको भन्ने गलत अफवाह फैलाएपछि प्रमुख जिल्ला अधिकारी बिमलीले यस्तो बताएका हुन् । ‘पुष्टि नै नभईकन मान्छेलाई त्रास फैलाउँने हिसावले कोरोना पुष्टि भयो भनेर लेख्नु कानुन विपरित हो ।’ प्रजिअ बिमलीले संगालोखबरसँग भने ‘य...
डा.शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

डा.शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

मोरङ । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउँने भएका हुन् । आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, बिपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुल...
फेसबुकमा जथाभावी लेख्दा इलामका युवा पक्राउ

फेसबुकमा जथाभावी लेख्दा इलामका युवा पक्राउ

इलाम । सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको अभियोगमा ईलामका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकबाट अफवाह फैलाएको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका–७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा इलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटिएको भनेर तथ्यहिन र भ्रामक प्रचार गरेका थिए । अफवाह फैलाएर जनमानसमा डर त्रास फैलाउने काम गरेक...
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा शनिवार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । ६५ बर्षीय पुरुषमा कोरानाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । हिजो मात्रै उदयपुरमा १२ र चितवनमा २ जनामा संक्रमण भेटिएको थियो । नयाँ संक्रमित कहाँका हुन् भन्ने खुलाईएको छैन । बिस्तृत विवरण आउँन वाँकी
तेह्रथुमका युवामा देखियो ‘आरडीटी पोजिटिभ’

तेह्रथुमका युवामा देखियो ‘आरडीटी पोजिटिभ’

तेह्रथुम । तेह्रथुमको मेन्छयायेमका एक युवामा ‘र्‍यापिड डायग्नोष्टिक टेष्ट’ (आरडीटी) ‘पोजिटिभ’ देखिएको छ । शुक्रबार परीक्षण गर्दा २८ बर्षीय युवामा आरडीटी ‘पोजिटिभ’ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका क्षेत्र भित्र क्वारेनटाइनमा बसेका १५ जनामा परीक्षण गरेको थियो । ती युवा बाहेक अरुको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जन...
काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गरिने

काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गरिने

काठमाडौं । काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गर्न धनकुटेलीहरु एकजुट भएका छन् । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका क्रममा समस्यामा परेकाहरुलाई सहयोग गर्न संबिधानसभा सदस्य हेमराज भण्डारीको संयोजकत्वमा १६ सदस्यीय धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समिति निर्माण गरिएको छ । व्यवसाय, रोगजार, शिक्षा लगायत सिलसिलामा अस्थायी रुपमा काठमाडौं बस्दै आएका धनकुटेलीहरुलाई सहयोग गर्न शनिबार स...
कोरोनालाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज भई घर फर्किइन् श्रेष्ठ

कोरोनालाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज भई घर फर्किइन् श्रेष्ठ

काठमाडाैँ । कोरोना भाइरस संक्रमण भई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर शनिवार डिस्चार्ज भएकी छन् । २७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर १९ बर्षीय श्रेष्ठ घर फर्किएकी हुन् । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी उनी नेपालकी दोस्रो कोरोना संक्रमित हुन् । कोरोना संक्रमण देखिएपछि टेकु अस्पतालमा उनको उपचार भईरहेको थियो । अस्पताल...
कानेपोखरीमा काँग्रेसले बाढ्न थाल्यो राहत, नेता डा.शर्माले दिए सात लाख

कानेपोखरीमा काँग्रेसले बाढ्न थाल्यो राहत, नेता डा.शर्माले दिए सात लाख

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसले कोराना प्रभावितहरुलाई शुक्रबारबाट राहत वितरण गर्न थालेको छ । गाउँपालिकाले राहत ग्रहण र वितरणमा मनोमानी गरेकाले कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई पार्टीको तर्फबाट राहत वितरण थालिएको कानेपोखरी काँग्रेसले जनाएको छ । पहिलो दिन कानेपोखरी ७ पच्चिसबिगे, प्रोगेसिभ टोल, शुक्रबारे, चण्डी टोल र आइतबारेका १ सय ५० परिवारलाई राहत प्रदान गर...
उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये १२ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । यता, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई जनामा कोरो...
धनकुटाका थापा सुतेकै ठाउँमा मृत फेला

धनकुटाका थापा सुतेकै ठाउँमा मृत फेला

धनकुटा । धनकुटाका एक बृद्ध सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटा नगरपालिका–४ देब्रेबासका ६१ बर्षीय भीमबहादुर थापा घरमा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ खाना खाएर सुतेका थापा बिहिबार बिहान ओछ्यानमै मृत भेटिएको आफन्तले बताएका छन् । मृतक थापाको शवलाई धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालो...
निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

निको हुँदै कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा

बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । “उनको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले ...
धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण

धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण

धनकुटा । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका ३२ जनाको बिहिबार ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गरिएको छ । परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विदेशबाट फर्किएका चौबिसेका १९ र साँगुरीगढीका १३ जनामा परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । गुरागाईका अनुसार साँगुरीगढीका १ जनाको क्रस ...
धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु

धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु

धनकुटा । कोरोना भाइरसको संक्रमणबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका हरिमान गोम्देन तामाङको बेलायतमा मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय तामाङको बुधबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ । कोरोना संक्रमण भएपछि उपचाररत तामाङलाई बुधबार बिहान करिव ११ बजे अस्पतालले मृत घोषित गरेको धनकुटाको हिले निवासी मृतकका नातेदार रुपमान तामाङले संगालोखबरलाई जानकारी दिए । नात...
मोरङको बुढिगंगाकी युवतीको आरडीटी रिपोर्टमा देखियो कोरोना ‘पोजिटिभ’

मोरङको बुढिगंगाकी युवतीको आरडीटी रिपोर्टमा देखियो कोरोना ‘पोजिटिभ’

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाकी एक युवतीको ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । बुढिगंगा–१ की ती युवतिको बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा कोरोना ‘पोजिटिभ’ देखिएको हो । भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको आरडीटी परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले...
लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मुलुकलाई लकडाउन गरेको तीन साता बितिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले पटक–पटक म्याद थप गर्दै बैशाख १५ गतेसम्मका लागि लागु गरेको छ । लामो समयको लकडाउनले मुलुकभरको जनजीवन प्रभावित छ । लकडाउनका कारण मुलुकको राजधानी प्रभावित नहुने कुरै भएन । तीन साताको लकडाउन पार गर्दा कस्तो देखिएको छ काठमाण्डौ ? हेर्...
दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेखमा नाक र मुख नछुट्टिएको बच्चा जन्मियो

दैलेख । जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् । 'बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच ग...
तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुम । घाँस काट्ने क्रममा भीरबाट लड्दा तेह्रथुममा आज एक जनाको मृत्यु भएको छ । तेह्रथुमको फेदाप–१ कुरुवाङ टोलका ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो । बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा चिप्लिएर करिव ५० मिटर तल झर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
error: Content is protected !!