रबिन कटेल

बिराटनगर । इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सात चौपाया पनि मरेका छन् । उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्रबहादुर मगरको घरमा गएराती साँढे ११ बजे चट्याङ पर्दा चन्द्रबहादुरसहित उनकी श्रीमती ४८ बर्षीया मनकुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर घाईते भएका छन् । चट्याङ लागेर मगरको गोठमा बाधिराखेको एउटा पाख्रा पनि मरेको छ ।

Advertisement

त्यस्तै कटारी–६ रिस्कुमा गएराती ११ बजे चट्याङ पर्दा १२ बर्षीय अस्मान राई घाईते भएका छन् । चट्याङ लागेर छिमेकी खुम बहादुर राईको खोरका ३ वटा सुँगुर र धनकुमारी राईका २ वटा सुँगुर मरेका छन् ।

यस्तैगरी इलामको फाकफपोकथुम गाउँपालिका–२ कालबोटेका इन्द्रबहादुर चौहानको गोठमा राती १ बजे अचानक चट्याङ पर्दा एउटा भैसी मरेको छ । यता, ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका हरिलाल पाठकको घरमा चट्याङ लाग्दा घरको गाह्रो चर्किएको छ भने सोलार प्यानलमा पनि क्षति पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement