संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेममा ‘र्‍यापिड डाइग्नोष्टिक टेष्ट’ (आरडीटी) गर्दा ‘पोजिटिभ’ देखिएका युवाको ‘स्वाब’ परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । ‘आरडीटी पोजिटिभ’ देखिएपछि उनको ‘स्वाब’ परीक्षणका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो ।

Advertisement

‘आरडीटी पोजिटिभ’ देखिएका युवासहित तेह्रथुमका १० जनाको ‘स्वाब’ परीक्षणका लागि धरान पुर्याइएको थियो । तर, परीक्षणका क्रममा १० जनामै कोरोना संक्रमण नदेखिएको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा.असोक ऐरले संगालोखबरलाई जानकारी दिए ।

धनकुटामा निराधार हल्ला

यसैवीच तेह्रथुमका युवामा कोरोना संक्रमण पुष्टि भएको र उनी एक दिन धनकुटामा आएर बसेकाले अरुमा संक्रमण फैलिएको हुनसक्ने भन्दै धनकुटाका कतिपय जिम्मेवार व्यक्तिले नै सामाजिक सञ्जालमा अफवाह फैलाएका थिए ।

‘आरडीटी पोजिटिभ’ देखिएकै भरमा युवाको नामनै किटान गरेर उनलाई कोरोना संक्रमण पुष्टि भएको भनी गलत प्रचार गरिएको थियो । अन्ततः उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनी धनकुटा आएको भएपनि ‘आरडीटी पोजिटिभ’ देखिएकै भरमा संक्रमण पुष्टि भनेर गलत हल्ला गरिएपछि धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले अफवाह फैलाउँनेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

यो पनि पढ्नुहोस्…

धनकुटाका सिडिओ भन्छन : सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाउँनेलाई कारबाही हुन्छ

 

तेह्रथुमका युवामा देखियो ‘आरडीटी पोजिटिभ’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!