बिराटनगर। १३ जनालाई कोरोना भाइरस पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका ८ जनालाई कोरोनाको पुनः परीक्षणका लागि मंगलबार धरान लगिएको छ ।

Advertisement

गत शनिबार स्वाब संकलन गरेका ६९ जनामध्ये उनीको पीसीआर परीक्षण गर्दा शंकास्पद देखिएको भन्दै नयाँ स्वाब संकलन गरी पुनः परीक्षण गर्न उनीहरुलाई धरान लगिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गएको स्वास्थ्यकर्मीको टोलीले १३ जना संक्रमित भेटिएको भुल्केस्थित मस्जिद परिपरीका मुस्लिम बस्तीका ६० जना र अन्य ९ जनाको स्वाब संकलन गरेको थियो ।

कोसी अस्पतालस्थिल ल्याबमा परीक्षणका क्रममा ८ जनाको स्वाबको कोरोना भाइरस शंकास्पद भेटिएको भन्दै पुनः परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्रोतले जनाएको छ । उनीहरुको विराटनगरमा गरिएको पीसीआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

स्थानीय अनुसार प्रहरीसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले चारचार जनाका दरले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरको कोसी अस्पतालमा परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आए भेरिफिकेशनका लागि धरानमा पुन: परीक्षण गर्न सकिने निर्णय गरेको थियो । साेही निर्णय बमाेजिम विराटनगरबाट स्वाबका नमूना पुन: परीक्षणका लागि धरान पठाइएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!