संगालोखबर सम्वाददाता

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसले कोराना प्रभावितहरुलाई शुक्रबारबाट राहत वितरण गर्न थालेको छ । गाउँपालिकाले राहत ग्रहण र वितरणमा मनोमानी गरेकाले कोरोना प्रभावित अति बिपन्न र ज्यालादारी मजदुरलाई पार्टीको तर्फबाट राहत वितरण थालिएको कानेपोखरी काँग्रेसले जनाएको छ ।

Advertisement

पहिलो दिन कानेपोखरी ७ पच्चिसबिगे, प्रोगेसिभ टोल, शुक्रबारे, चण्डी टोल र आइतबारेका १ सय ५० परिवारलाई राहत प्रदान गरिएको कानेपोखरीका काँग्रेस सभापति योगेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार वाँकी वडामा क्रमसः प्रदान गरिनेछ ।

कोरोना प्रभावितहरुलाई प्रति परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ । काँग्रेस नेता लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, बसन्त भट्टराई, डा.सुनिल शर्मा, मोदराज घिमिरे, मानबहादुर लिम्बु, योगेन्द्र दाहाल लगायतले राहत वितरण गरेका थिए ।

राहत वितरण कार्यक्रमलाई संबोधन गर्दै प्रदेश सांसदसमेत रहेका नेता संग्रौलाले डा.सुनिल शर्माले प्रदान गर्न लागेको राहत रकम कानेपोखरी गाउँपालिकाले राजनीतिक पूर्वाग्रही हिसावले अस्वीकार गरेकाले पार्टीको तर्फबाट गरिब, बिपन्नलाई राहत बाढ्नुपरेको बताए ।

काँग्रेस नेता डा.शर्माले कानेपोखरीबासीका लागि दिए सात लाख

यसैवीच नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले कानेपोखरीका कोरोना प्रभावित गरिब, बिपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गर्न कानेपोखरी काँग्रेसलाई सात लाख प्रदान गरेका छन् ।

योसँगै डा.शर्माले मोरङको क्षेत्र नं.३ का बासिन्दाका लागि प्रदान गरेको राहत रकम ३७ लाख ३६ हजार पुगेको छ । यो रकम प्रदेश नं.१ मा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।

गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. ३ मा काँग्रेसको तर्फबाट उम्मेद्वारसमेत रहेका डा.शर्माले केहि दिन अघि सो क्षेत्रका बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिकालाई बेलबारीमा कार्यक्रम गरी ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए ।

३ नं. क्षेत्रका चार वटै पालिकालाई राहत प्रदान गर्ने कार्यक्रम राखिएको भएपनि राहत ग्रहण गर्न कानेपोखरी गाउँपालिका अध्यक्ष नगएपछि काँग्रेसले आपत्ती जनाउँदै गाउँपालिकाबासीलाई आफै राहत वितरण थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!