दैलेख । जिल्लाको आठबीस नगरपालिका-७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो । बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् ।

नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरीर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् ।

‘बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच गरिएको थियो, ‘बच्चाको अवस्थाबारे जानकारी दिन एक पटक भिडियो एक्सरे गर्न जान भनेका थियौं,’ अनमी विश्वकर्माले भनिन्, ‘उहाँहरु जानुभएन, अहिले बच्चा असामान्य जन्मियो।’ –अन्नपूर्ण पोष्टबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!