काठमाडौं । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मुलुकलाई लकडाउन गरेको तीन साता बितिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले पटक–पटक म्याद थप गर्दै बैशाख १५ गतेसम्मका लागि लागु गरेको छ । लामो समयको लकडाउनले मुलुकभरको जनजीवन प्रभावित छ । लकडाउनका कारण मुलुकको राजधानी प्रभावित नहुने कुरै भएन । तीन साताको लकडाउन पार गर्दा कस्तो देखिएको छ काठमाण्डौ ?