धनकुटा । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका ३२ जनाको बिहिबार ‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ गरिएको छ । परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विदेशबाट फर्किएका चौबिसेका १९ र साँगुरीगढीका १३ जनामा परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । गुरागाईका अनुसार साँगुरीगढीका १ जनाको क्रस चेकका लागि नाक र घाँटी भित्रको तरल पदार्थ ‘स्वाब’ लिइएको छ ।
बुधबार जिल्ला अस्पतालमा लिइएको र साँगुरीगढीमा लिइएको दुवै ‘स्वाब’ लाई परीक्षणका लागि धरान पठाइएको छ ।
रगतको माध्यमबाट गरिने ‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ बाट १५ मिनेटमै रिपोर्ट आउछ । रिपोर्टमा कोरोना संक्रमण देखिएमा बिरामीको ‘स्वाब’ परीक्षण गरेर मात्रै संक्रमणको यकिन गर्ने गरिन्छ ।