रबिन कटेल

बिराटनगर । बुधबार पनि कोरोना संक्रमित थपिएका छन् । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा थप तीन पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

क्वारेनटाइनमा रहेका २४, ६० र ७२ बर्षीय पुरुषमा संक्रमण देखिएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनीहरु पनि उदयपुरकै हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सात जना निको भएर घर फर्किसकेका छन् ।

पाटनमा २, बागलुङमा १, धनगढीमा २, बिरगंजमा ४, भरतपुरमा २ र बिराटनगरमा २४ गरी जम्मा ३५ जनाको उपचार भईरहेको छ । बुधबार संक्रमण पुष्टि भएका ३ जनालाई पनि बिराटनगर ल्याईदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement