काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

Advertisement

उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये १२ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यता, चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई जनामा कोरोना संक्रमण भेटिएको छ । उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!