संगालोखबर सम्वाददाता

मोरङ । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउँने भएका हुन् ।

आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, बिपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँन लागिएको डा.शर्माले जानकारी दिए । ‘पैसा नहुँने गरिब, बिपन्न र सुकुम्बासीहरुलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो ।’ डा.शर्माले भने ‘स्थानीय प्रतिनिधिहरुको सिफासिरमा बिपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’

बिपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउँने सो क्षेत्रका अन्य बिरामीहरुले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिसत छुट पाउँनेछन् । क्षेत्र नं.२ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराईने छ ।

काँग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएपछि सो क्षेत्रका बिरामीहरुलाई सहजता मिल्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!