बिनोद बिष्ट/संगालोखबर
स्वयम्भूबाट देखिएको काठमाण्डौं उपत्यका । फाइल तस्वीर: संगालोखबर

काठमाडौं । काठमाडौंमा रहेका कोरोना प्रभावित धनकुटेलीलाई सहयोग गर्न धनकुटेलीहरु एकजुट भएका छन् ।

कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका क्रममा समस्यामा परेकाहरुलाई सहयोग गर्न संबिधानसभा सदस्य हेमराज भण्डारीको संयोजकत्वमा १६ सदस्यीय धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समिति निर्माण गरिएको छ ।

Advertisement

व्यवसाय, रोगजार, शिक्षा लगायत सिलसिलामा अस्थायी रुपमा काठमाडौं बस्दै आएका धनकुटेलीहरुलाई सहयोग गर्न शनिबार सामाजिक सञ्जाल मार्फत सहयोग समिति निर्माण गरिएको हो । लकडाउनका बेलामा खाद्यान्न अभाव हुँदा, बिरामी पर्दा स्वतस्फूर्त वा स्थानीय तह लगायत सरोकारवालासँगको समन्वयमा धनकुटेलीलाई समितिले सहयोग गर्नेछ ।

सरकारले घर फर्किन अनुमति दिएमा फर्कन चाहनेहरुलाई समन्वय गरेर जिल्लासम्म पुग्ने व्यवस्थासमेत मिलाइने नव गठित समितिका संयोजक भण्डारीले संगालोखबरलाई जानकारी दिए । ‘काठमाडौंमा बस्दै आएका कोहि पनि धनकुटेली आपत नपरुन भनेर सहयोग समिति बनाएका हौं ।’ भण्डारीले भने ‘सकेसम्म स्वतस्फूर्त रुपमा आ–आफुले सकेको सहयोग गर्छौ । आवश्यकता अनुसार यहाँका स्थानीय तहसँग पनि समन्वय गरेर सहयोगको व्यवस्था मिलाउँछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!