संगालोखबर सम्वाददाता
फाईल तस्वीर

बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा आज तीन जना मृत फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापामा सोमबार दिउँसो तीन जना मृत अवस्थामा भेटिएका हुन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–२ दारे गौडा नजिकै संखुवासभाका करिब ४२ बर्षीय पासाङ शेर्पा मृत फेला परेका हुन् । बिगत २० बर्ष अघिदेखि चिल्ड्रेन पार्कको टहरामा बसेर ज्यालामजदुरी गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement

त्यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ का ४४ बर्षीय वली बहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । बैशाख ६ गते घरबाट सम्पर्कबिहिन भएका आङदेम्बे आज दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।

यस्तैगरी झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय चित्र बहादुर गौली पनि बाँसघारीमा मृत अवस्थामा भेटिएका छन् । आज दिउँसो साँढे ३ बजे उनी मृत भेटिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!