संगालोखबर सम्वाददाता
बिराटनगरको उत्तरी आकासमा मंगलबार बिहान मडारिएको कालो बादल । तस्वीर : संगालोखबर

काठमाडौं । देशका अधिकांश स्थानमा आज मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भईरहेको छ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केहि दिन मौसम खबर हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अपिल गरेको छ ।

महाशाखाले मौसम चेतावनी जारी गर्दै बिहान ६ बजेदेखि २४ घण्टासम्म देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानी पर्ने संभावना रहेकाले सतर्कता अपनाउन अपिल गरेको हो ।

Advertisement

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुँने महाशाखाको अनुमान छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहि थेरै स्थानहरुमा हावाहुरीसहित चट्याङ्ग र असिना पानी पर्ने अनुमान गर्दै महाशाखाले सतर्क रहन सवैलाई आग्रह गरेको हो ।

यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान

 बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ११ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!