संगालोखबर संवाददाता

धनकुटा । धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्लाको छथरजोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुबिरुद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

Advertisement

लिम्बुले गत आईतबार राती आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधक पदार्थ सेवन गरेका दुवैवीच सुँगुर बेचेको निहुँमा उत्पन्न विवादका क्रममा धनमायाले इन्द्रबहादुरलाई टाउकोमा लाठि प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार बिहान घटनास्थलमा पुगेर प्रहरीले धनमायालाई पक्राउ गरेको थियो । पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकी धनमाया बिरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाइएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । उनीबिरुद्ध मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रकाशित समाचार…

धनकुटामा श्रीमतीद्वारा श्रीमानको हत्या

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement