- संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना भाइरसको संक्रमणबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका हरिमान गोम्देन तामाङको बेलायतमा मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय तामाङको बुधबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

Advertisement

कोरोना संक्रमण भएपछि उपचाररत तामाङलाई बुधबार बिहान करिव ११ बजे अस्पतालले मृत घोषित गरेको धनकुटाको हिले निवासी मृतकका नातेदार रुपमान तामाङले संगालोखबरलाई जानकारी दिए ।

नाताले मृतक तामाङको सालो पर्ने रुपमानले बेलायतमा रहेका आफन्तको भनाई उदृत गर्दै दिएको जानकारी अनुसार कोरोना संक्रमण देखिएपछि तामाङलाई करिव २० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

धनकुटाको हात्तिखर्क स्थित माकलुंग स्थायी घर भएका तामाङ करिब पाँच बर्ष यता श्रीमति र छोरी ज्वाईसँग बेलायत बस्दै आएका थिए । हिले बजारमा पनि घर भएका तामाङ पूर्व गोर्खा सैनिकसमेत हुन् । मृतक तामाङका श्रीमतिसहित एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!