रबिन कटेल
सांकेतिक तस्वीर

मोरङ । मोरङको उर्लाबारीमा आज अपरान्ह खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय बक्रा खोलामा डुब्दा उर्लाबारी–१ का हस्तबहादुर राईका १४ बर्षीय छोरा सन्देश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज अपरान्ह ४ बजे आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा रहेको बक्रा खोलामा डुबेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि उर्लावारी स्थित अरनिको अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा साढे ४ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement