विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाकी एक युवतीको ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । बुढिगंगा–१ की ती युवतिको बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

Advertisement

भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको आरडीटी परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले बताए । उनको ‘स्वाब’ परीक्षणका लागि कोसी अस्पताल लग्ने तयारी गरिएको छ ।

उनी चैत १० गते बैङ्लोरबाट घर फर्किएकी हुन् । उनीसँगै आएकी अर्की युवतिको रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!