संगालोखबर सम्वाददाता

बिराटनगर । उदयपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमित थपिएको जानकारी दिईएको हो ।

Advertisement

राष्ट्रिय प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या १४ पुगेको छ । उदयपुरमा केहि दिन अघि १३ जनामा संक्रमण देखिएपछि उनीहरुलाई बिराटनगर स्थित कोभिड बिशेष अस्पतालमा राखेर उपचार भईरहेको छ ।

आज थप ८ जनाको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । क्रसचेक गर्न धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनीहरुको पुनःपरिक्षण भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!