तेह्रथुम । तेह्रथुमको मेन्छयायेमका एक युवामा ‘र्यापिड डायग्नोष्टिक टेष्ट’ (आरडीटी) ‘पोजिटिभ’ देखिएको छ । शुक्रबार परीक्षण गर्दा २८ बर्षीय युवामा आरडीटी ‘पोजिटिभ’ देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका क्षेत्र भित्र क्वारेनटाइनमा बसेका १५ जनामा परीक्षण गरेको थियो । ती युवा बाहेक अरुको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘र्यापिड डायग्नोष्टिक टेष्ट’ गर्दा ‘पोजिटिभ’ देखिएकाले ती युवाको ‘स्वाब’ परीक्षण गर्न पठाईने प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।
‘र्यापिड टेष्ट पोजिटिभ’ देखिएपनि ‘स्वाब’ परीक्षणको रिपोर्ट पछि मात्रै उनमा कोरोनाको संक्रमण भए नभएको यकिन हुन्छ ।
Update News…