गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । छथर जोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुले आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेकी हुन् ।

Advertisement

सुँगुर बेचेको निहुँमा भएको विवादमा धनमायाले इन्द्रबहादुरलाई टाउकोमा लाठि प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ध्रुबकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । मृतक इन्द्रबहादुरको टाउकोसहित शरिरका बिभिन्न भागमा चोट छ ।

गएराती घटना भएको हो । माधक पदार्थ सेवन गरेका उनीहरुवीच नसोधी सुँगुर बिक्रि गरेको बिषयमा विवाद भएपछि श्रीमतीले श्रीमानलाई कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको बिषयमा बिहान प्रहरीलाई खबर आएपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र सिधुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले हत्या अभियुक्त धनमायालाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!