विराटनगरको गुरुकुलमा ‘लौ आयो ताजा खबर’
विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन सुरु भएको छ । भोलिदेखि माघ २९ गतेसम्म नियमित मञ्चन हुने नाटकको आज औपचारिक मञ्चन गरिएको हो ।
कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुर्व्यसनी र त्यसको असरका बारेमा शसक्त उजागर गरेको छ । भरत कार्कीले निर्देशन गरेको नाटकमा अभिभावकले छोराछोरीलाई समय नदिँदा, ...































