संगालोखबर


विराटनगर । विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा भोलिदेखि ‘अन्तिम गीत’ नाटक मञ्चन हुँदैछ । आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ मञ्चन हुन लागेको हो ।

महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार गरिएको नाटक काठमाडौंपछि विराटनगरमा मञ्चन हुँदैछ ।

शैली थिएटरको प्रस्तुति र रुसी सदनको साझेदारी एवम् आरोहण गुरुकुल विराटनगरको सहकार्यमा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा वरिष्ठ अभिनेता सुनिल पोखरेल र सब्बु गुरुङ मुख्य भूमिकामा छन् ।

भोलि अपरान्ह ५ बजे तथा बिहीबार दिउँसो १ र अपरान्ह ५ बजे नाटक मञ्चन हुने गुरुकुलले जनाएको छ । नाटक हेर्नका लागि ३ सय, ५ सय र १ हजार टिकट शुल्क तोकिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!