संगालोखबर

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ ।

Advertisement

साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ ले निर्देशन गरेको नाटकको ५१ औँ शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा ३० शो तथा झोराहाटमा २१ शो मञ्चन भएको हो ।

नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगर लगायतका स्थानबाट बाक्लो सङ्ख्यामा दर्शकको उपस्थिति थियो ।

नाटकमा सुदीपजंग कार्की, निशा ढुङ्गेल, दीपक निरौला, प्रज्ज्वल भट्टराई, सन्तोष बन्बो तामाङ, लीला खत्री, अभिसा तामाङ, शिखा लिम्बू, देवानन्द राजवंशी, निर्मला गुरागाईं, सुशीला दङ्गाल, प्रदीप परियार र लक्ष्मी सिग्देलले अभिनय गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!