संगालोखबर


विराटनगर । विराटनगरमा पाचौँ संस्करणको म्युजिक फेस्टिभल आयोजना हुने भएको छ । लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा कात्तिक २० गते शुक्रबार विराटनगर म्युजिक फेस्टिभल हुन लागेको हो ।

दशैं, तिहार र छठ पर्वको समय पारेर आयोजना हुँदै आएको फेस्टिभलले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक सन्तोष महत ‘स्यान्ट्रो’ ले जानकारी दिए ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै जैन भवनमा हुने कार्यक्रममा करिब २५ लाख खर्च हुने जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जनको साथ-साथै स्थानीय प्रतिभा, नेपाली संगीत र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्नु तथा विराटनगरको सांगीतिक वातावरणलाई थप जीवन्त बनाउनु रहेको महतले बताए ।

आयोजकका अनुसार यो विराटनगरको एक मात्र ठुलो सांगितिक कार्यक्रम हो । गत संस्करणहरूमा ख्याति प्राप्त राष्ट्रियस्तरका गायक तथा कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो ।

विराटनगर महानगरपालिका मुख्य प्रर्वद्धक रहेको कार्यक्रममा नेपालको चर्चित अब्लटोस ब्यान्ड र रकहेड ब्यान्डको प्रस्तुति रहनेछ । कार्यक्रममा मौलिक तथा आधुनिक स्थानीय परिकारहरूको स्टल समेत रहनेछन् । कार्यक्रम अवलोकनका लागि ३ सय र १ हजार टिकट शुल्क निर्धारण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!