
विराटनगर । मोरङको बेलबारी-४ का प्रज्वल पौडेल ‘द भ्वाइस किड्स’ सिजन-४ को भोटिङ राउन्डमा पुगेका छन् । टिम सत्यमा रहेका १३ वर्षीय पौडेल ब्लाइन्ड र ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन् ।
ब्लाइन्ड अडिसनमा पौडेलले ‘फोर चियर टर्न’ गराउन सफल भएका थिए । उनले आफूलाई भोट गरेर उपाधि जित्न सहयोग गर्न अपिल गरेका छन् ।
बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ जेठ ३० गतेदेखि शुरु भएको हो । सिजन ४ को कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेन्चुरी र मेलिना राई छन् । सत्यराज र खेम ‘शो’को नयाँ कोचका रूपमा भित्रिएका हुन् ।
‘भ्वाइस किड्स’ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिएका छन् ।

संगालोखबर 













