संगालोखबर


विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन सुरु भएको छ । भोलिदेखि माघ २९ गतेसम्म नियमित मञ्चन हुने नाटकको आज औपचारिक मञ्चन गरिएको हो ।

कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुर्व्यसनी र त्यसको असरका बारेमा शसक्त उजागर गरेको छ । भरत कार्कीले निर्देशन गरेको नाटकमा अभिभावकले छोराछोरीलाई समय नदिँदा, उनीहरूको साथीसंगत नबुझ्दा आउने दुःखद परिणामलाई दर्साइएको छ ।

नाटकमा हाम्रै समाजमा लागूऔषधका कारण दिनहुँ घटिरहेका घटनाहरूलाई देखाउन खोजिएको निर्देशक कार्कीले बताए । ‘लागूऔषधको दलदलका कारण हाम्रो समाजमा विभिन्न घटनाहरू घटिरहेका छन्’, कार्कीले भने, ‘समाजमा सचेतना फैलाउँदै अभिभावकहरूले आफ्ना छोराछोरी कुन बाटोमा हिँडिरहेको छ, त्यसको ख्याल गर्नुपर्छ र उनीहरूलाई सहि मार्गमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौँ ।’

नाटक मार्फत सबैलाई सकारात्मक सन्देश प्रवाह गर्दै गलत बाटोतर्फ नलाग्न आह्वान गरिएको उनको भनाइ छ । नाटकमा सुदीपजंग कार्की, निशान चौहान राई, राज न्यौपाने, सञ्जय मुडियारी, आश्मा देव राठी, महेश पासवान, अर्पित नेपाल, गौरव खतिवडा र शिवराज भुजेलको अभिनय छ ।

नाटक भोलिदेखि नियमित अपराह्‍न ४ बजेबाट मञ्चन हुने कार्यक्रम संयोजक देवेन्द्र यादवले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!