संगालोखबर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ओलीले एसिड आक्रमण घटनाका पीडितहरूलाई न्याय दिने संवाद प्रस्तुत गरेका छन् । ‘तपाईँहरूले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय’ ट्रेलरमा प्रधानमन्त्री ओली भनेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीसहित चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय देख्न सकिन्छ । एसिड आक्रमणका कारण किशोरकिशोरीले भोग्नु परेको पीडालाई चलचित्रमा देखाइएको छ ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि यसमा समेटिएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको चलचित्र भदौ ७ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

यथार्थ घटनामा आधारित भएर चलचित्र निर्माण गरेको अभिनेता ढुङ्गानाले जानकारी दिए । एसिड आक्रमण जस्ता घटना अन्त्य हुनुपर्छ र त्यसका दोषीले कडाभन्दा कडा सजाय पाउनु पर्छ भन्ने सन्देश चलचित्रले दिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!