संगालोखबर


विराटनगर । विराटनगर म्युजिक फेस्टिभल २०८१ को तेस्रो संकरण आयोजना हुने भएको छ । लाइभ इन्टरटेनमेन्टको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा ‘विराटनगर म्युजिक फेस्टिभल’ हुन लागेको हो ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको छ । आगामी कात्तिक १० गते शनिबार दिउँसो ४ बजेबाट मेनरोड स्थित जैन भवनको खुला मैदानमा कार्यक्रम हुने छ । कार्यक्रममा स्वप्न सुमन, पूर्ण राई दाजुभाइसँगै स्थानीय कलाकारहरूको प्रस्तुती रहने छ ।

Advertisement

दशैँ, तिहार र छठ पर्वको समय पारेर कार्यक्रम आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक सन्तोष महत ‘स्यान्ट्रो’ले जानकारी दिए । मनोरञ्जनसँगै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षाका साथ कार्यक्रम गर्ने गरिएको  उनले बताए ।

यो विराटनगरको सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समेत रहेको आयोजकको दाबी छ । कार्यक्रममा स्थानीय परिकारहरूको स्टल समेत रहने छन् । कार्यक्रम सम्पन्न गर्न करिब १४ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । आयोजकका अनुसार खर्च व्यवस्थापन गर्न विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!