संगालोखबर

काठमाडौँ । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । काठमाडौंमा शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई उछिन्दै तामाङले उपाधि जितेकी हुन् ।

Advertisement

उपाधिसँगै अनुयाले नगद १० लाखसहित गिफ्ट ह्याम्पर पाएकी छन् ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाबीच फाइनलमा प्रतिष्पर्धा भएको थियो ।

दर्शकबाट प्राप्त भोटको आधारमा विजेता छनौट गरिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!