संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा जारी १३ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवमा आज गायिका मेलिना राईले प्रस्तुती दिने भएकी छन् ।

आज साँझको साँगीतिक कार्यक्रममा गायिका राईले प्रस्तुती दिने होटल एसोसिएसन धनकुटाका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।  भोलि द प्याराडाइज ब्यान्डको प्रस्तुती रहने छ ।

Advertisement

होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको फेस्टिभल पुस १८ गतेसम्म संचालन हुनेछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!