उर्लाबारीमा मुख्यमन्त्री राईको पुत्ला दहन, अस्पतालको नाममा राजनीति गरेको भन्दै प्रदर्शन

उर्लाबारीमा मुख्यमन्त्री राईको पुत्ला दहन, अस्पतालको नाममा राजनीति गरेको भन्दै प्रदर्शन

मोरङ । मोरङको उर्लाबारीमा बिहिबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गरिएको छ । प्रदेश सरकारले उर्लावारी–३ स्थित मंगलबारे अस्पतालको नाम फेरेर ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउँन लागेको बिरोधमा मुख्यमन्त्री राईको पुत्ला जलाईएको हो । अस्पतालको नाम फेरेर स्तरोन्नती गर्ने बिषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएपछि आक्रोशित बनेका स्थानीयले मुख्यमन्त्रीको पुत्ला जलाउ...
थपिए २५० कोरोना संक्रमित, संक्रमितको संख्या ४६१४ पुग्यो

थपिए २५० कोरोना संक्रमित, संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं । बिहिबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३० पुरुष र २० जना महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीका ३ जना, झापाका ३ जना, बाराका ७ जना, महोत्तरीका ४ जना, सप्तरीका ९ जना, सर्लाहीका २ जना, धादिङका ७ जना, रौतहटका ५७ जना, दाङका ८ जना, रोल्पाका १४ जना, बाँकेका १३ जना र दैलेखका ४८ जनामा संक्रमण देखिएको छ । त्यस्तैगरी सुर्खेतमा ७ जना, कपिलबस...
कोरोना नियन्त्रणमा लक्ष्मी लघुवित्तको सहयोग

कोरोना नियन्त्रणमा लक्ष्मी लघुवित्तको सहयोग

धनकुटा । लक्ष्मी लघुवित्त वित्तीय संस्था सिंधुवाले कोरोना नियन्त्रणका लागि छथर जोरपाटी गाउँपालिकाको कोराना संक्रमण नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । छथर जोरपाटी–६ स्थित सिंधुवा बजारमा रहेको लघुवित्तको शाखाले कोराना संक्रमण नियन्त्रण कोष व्यवस्थापन समितिलाई १० हजार सहयोग प्रदान गरेको हो । लघुवित्तका शाखा प्रमुख रुपनारायण लामिछानेले छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष सेरबहादुर लिम्बुलाई चेक हस...
भोजपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु बेच्ने २२ पसललाई गराईयो बन्द

भोजपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु बेच्ने २२ पसललाई गराईयो बन्द

भोजपुर । लकडाउनको समयमा म्याद गुज्रिएका सामाग्री बिक्री गर्ने भोजपुरका खाद्य पसलहरुलाई बन्द गराईएको छ । बजार अनुगमन गर्दा म्याद गुज्रिएका बस्तु फेला परेपछि त्यस्ता सामाग्री बेच्ने पसललाई तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु पाईएपछि सदरमुकामसहित आसपास क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाईएको अनुगमन टोलीले जनाएको छ । ग्रामीण भेगमा सामान बि...
सुनसरीमा खाटबाट लडेर बालिकाको मृत्यु

सुनसरीमा खाटबाट लडेर बालिकाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाँउपालिकामा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ । खाटबाट लड्दा कोशी गाउँपालिका–३ की १६ बर्षीया अन्जिता उरावको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजे खाटमा बसेर टिभी हेरिरहेका बेला उराव खाटबाट खसेकी थिईन् । लडेर बेहोस भएकी उरावलाई उपचारका लागि लैजादै गर्दा साँझ करिव सवा ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

हेटौँडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गर...
२०७७ जेष्ठ २९ गते बिहिबार/आजको राशिफल

२०७७ जेष्ठ २९ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २९ गते बिहिबार ई. सं. २०२० जुन ११, नेपाल सम्बत ११४० तछलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, वैधृति योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा ग...
मन्त्रीपरिषद्को निर्णय : यस बर्षको एसईई नलिईने, बजार खोल्न र गाडी चलाउँन दिईने

मन्त्रीपरिषद्को निर्णय : यस बर्षको एसईई नलिईने, बजार खोल्न र गाडी चलाउँन दिईने

काठमाडौं । बुधबार साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिई विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । धेरै विद्यालयहरु क्वारेनटाईनको रुपमा प्रयोग गरिएकाले यस बर्ष एसईई परीक्षा नलिने मन्त्रीपरिषदले निर्णय लिएको हो ...
धनकुटामा भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटामा भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटा । लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई आज उद्योग बाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै पुगेर बाणिज्य संघको टोलीले उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष बिजयसन्तोषी राईसहितको टोलीले भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो । कोराना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार, व्यावस...
हिलेमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला दहन

हिलेमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला दहन

धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागु गर्न खोजेको बिरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाईएको हो । राप्रपा (लोकतान्त्रिक) को अगुवाईमा निस्किएका युवाहरुले ओली र ट्रम्पको पुत्ला जलाउँदै सडकमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीका...
थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङका ८ जना, झापाका ५ जना, उदयपुरका ४ जना, नवलपुरका १ जना, सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सर्लाहीका २७ जना, कपिलबस्तुका ४८ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्यूठानका ६ जना र रुपन्देहीका ७ जनामा संक्रमण दे...
विदेशी तरकारी तथा फलफुल आयात रोक्न माग

विदेशी तरकारी तथा फलफुल आयात रोक्न माग

बेलबारी । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) १ नम्बर प्रदेश समितिले विदेशबाट तरकारी तथा फलफुल आयात रोक्न माग गरेको छ । लकडाउन भएको लामो समय बितिसक्दा पनि भारतीय तरकारी तथा फलफुल आयात नरोकिएको भन्दै बैध माओवादी निकट किसान महासंघले यस्तो माग गरेको हो । महासंघका प्रदेश १ संयोजक हिमप्रसाद मिश्रले प्रेस बिज्ञप्ति जारी गर्दै बिदेशबाट आयात रोकेर आफ्नै देशका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल म...
२०७७ जेष्ठ २८ गते बुधबार/आजको राशिफल

२०७७ जेष्ठ २८ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २८ गते बुधबार ई. सं. २०२० जुन १०, नेपाल सम्बत ११४० तछलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, एन्द्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै...
‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ सार्वजनिक

‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ सार्वजनिक

काठमाडाैं । ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेघ मल्हार’ रागमा तयार पारिएको गीतमा नारायण नेपालको शब्द, भूपू पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ । मंगलबार भूपू पाण्डे अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भिडियोमा टिकटकबाट चर्चित उषा उप्रेती र स्वयम् पाण्डेको अभिनय देख्न सकिन्छ । यसअघि रोमान्टिक तथा चन्चले अवतारमा देखिने उषाले पहिलो पटक ‘स्याड ट...
धनकुटामा शिक्षण अस्पताल बनाउँने विषय ओझेलमा, आश्वासन दिएर खेलाँची नगर्न सांसदको खबरदारी

धनकुटामा शिक्षण अस्पताल बनाउँने विषय ओझेलमा, आश्वासन दिएर खेलाँची नगर्न सांसदको खबरदारी

बिराटनगर । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँने विषय ओझेल परेको भन्दै प्रदेश सभामा खबरदारी गरेका छन् । सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै सांसदहरुले गत बर्षको बजेटमा समावेश शिक्षण अस्पताल बनाउँने योजनालाई प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा नसमेटेको भन्दै खबरदारी गरेका हुन् । प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा धन...
थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ईलाम र सुनसरीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ईलाममा पहिलो पटक संक्रमित फेला परेका हुन् । सप्तरीमा ७ जना, चितवनमा २४ जना, नवलपुरमा १५ जना, धादिङमा १ जना, कपिलबस्तुमा १ जना, म्याग्दीमा १ जना, बागलुङमा ११ जना, धनुषामा ४५ जना...
कविताः प्राण प्यारीको चिठ्ठी

कविताः प्राण प्यारीको चिठ्ठी

प्राण प्यारा ! असिम माया आज अन्तिम पटक बिन्ति बिसाउँदैछु हजुर आज भूलक्कड नभइदिनु है कयौ दिन भो रित्तो हात फर्कनु भो पसिनाको झोला बोक्ने दिन पर्कनु भो तर के गर्नु हजुर चारो च्याप्न नपाएर बचराहरु भोकमरीमा परिसके बिहान जसोतसो नूनपानीले छाक टर्यो बेलुकी अबोधहरुको आन्द्राले सारङ्गी रेट्ने छ भोलीको गर्जो भोली नै टारुँला बनिबूतो गर्न खै कहाँ पो जाउँ र म सर्बत्र बन्दाबन्दी छ हजुर त उज्य...
भारतबाट ल्याउँदै गरेको अबैध कपडा बरामद

भारतबाट ल्याउँदै गरेको अबैध कपडा बरामद

झापा । भारतबाट ल्याउँदै गरेको अबैध कपडा झापामा बरामद भएको छ । मेचीनगर नगरपालिका–७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध कपडा बरामद भएको हो । गएराती पौने ८ बजे भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सुतिको कपडा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद भएको कपडालाई मेची भन्सार कार्यालय बुझाईने प्रहरीले जनाएको छ ।
भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुङगा । ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका–४ का २६ बर्षीय युवराज राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । राईले मानेभञ्याङ गाउँपालिका–८ मा भरुवा बन्दुक लुकाएर राखेको खबर पाएपछि प्रहरी चौकी हर्कपुरबाट प्रहरी टोल गएको थियो । प्रहरीले भरुवा भरुवा फेला पारेपछि राईलाई नियन्त्रणमा लिएको हो ।
धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटा । धनकुटाकी दिक्षिता लामाले सर्वाधिक अंक ल्याउँदै व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी छन् । काठमाडौंको सोल्टीमोडस्थित मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा अध्ययनरत लामाले सर्वाधिक अंक ल्याउँदै चार बर्षे व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयको व्याचलर अफ फार्मेसी संकायमा अध्ययनरत देशभरका विद्यार्थीहरु मध्ये दिक्षिताले सर्वाधिक अंक ८५.९२ प्र...
झापाका २८ कोरोना संक्रमित निको भएर डिस्चार्ज

झापाका २८ कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत झापाका २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज हुँने २८ जना नै पुरुष हुन् । १८ देखि ५६ बर्षसम्मका उनीहरु उपचार पश्चात निको भएपछि डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । बी...
२०७७ जेठ २७ गते मंगलबार/आजको राशिफल

२०७७ जेठ २७ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ २७ गते मंगलबार ई. सं. २०२० जुन ९, नेपाल सम्बत ११४० तछलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण चतुर्थी, चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र ब्रम्हा योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः ८ बजे, सूर्यास्त साँझ ०६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशा...
लकडाउनका कारण अस्पतालले जागिरबाट निकालेपछि शरीरमा आगो लगाएर आत्मदाह

लकडाउनका कारण अस्पतालले जागिरबाट निकालेपछि शरीरमा आगो लगाएर आत्मदाह

अछाम । अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि एक कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका छन् । लकडाउनका कारण आर्थिक संकट परेको भन्दै अस्पतालले कामबाट निकालेपछि अस्पतालका कर्मचारी साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले शरिरमा आगो लगाएर आत्मदाह गरेका हुन् । उनी अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए । लकडाउनका कारण आर्थिक संकट परेको भन्दै अस्पतालले उनीसहित ३२ जन...
झापामा पिकअपको ठक्करबाट एक जनाको मृत्यु

झापामा पिकअपको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापामा पिकअपको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१ को भित्री सडकखण्डमा पिकअपको ठक्करबाट पैदलयात्री दमक नगरपालिका–१ का ७८ बर्षीय दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको हो । दिउँसो पौने ४ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ च. ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर द...
थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । सोमबार थप २० महिला २९४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना र पाँचथरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतले नेपालका ५६ वटा विद्यालय पुनर्निमाण गर्ने

भारतले नेपालका ५६ वटा विद्यालय पुनर्निमाण गर्ने

काठमाडौं । भारतीय दुतावासले नेपालका ५६ वटा विद्यालय पुनर्निमाण गर्ने भएको छ । दुतावासले सोमबार विज्ञप्ति जारी गर्दै भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरु पुनर्निमाण गर्ने जनाएको हो । दुतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा लगायत जिल्लाका ५६ वटा विद्यालय पुनर्निमाणका लागि २ अर्व ९५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उच्च माध्यमिक विद्यालयको पुनर्निमाणका लागि सोमबार भारतीय दूतावास र शिक्षा मन्त्रालय अन...
कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १४ पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १४ पुग्यो

बिराटनगर । कोरोना संक्रमणका कारण स्याङ्जाका एक पुरुषको गएराती मृत्यु भएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेशनमा उपचाररत स्याङ्जाको वालिङ्ग नगरपालिका–३ का ५८ बर्षीय पुरुषको मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्यासमेत रहेका उनलाई आईतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराती ११ः२५ बजे उनको मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पुष्...
धरानमा ग्यास सिलिण्डर चोर्ने एक जना पक्राउ

धरानमा ग्यास सिलिण्डर चोर्ने एक जना पक्राउ

धरान । धरानमा ग्यास सिलिण्डर चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको ग्यास सिलिण्डरसहित धरान–९ का २३ बर्षीय पवन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराती करिव २ बजे धरान–१७ का श्रीप्रसाद राईको किरान पसलबाट तामाङले ग्यास सिलिण्डर चोरी गरेका थिए । चोरी गरेको सिलिण्डरसहित पक्राउ परेका तामाङबिरुद्ध सुनसरी जिल्ला अदालतमा आज चोरी मुद्दा दर्ता गरेर कारबाही प्...
थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०९ जना पुरुष र ४ जना महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । मोरङको रौतामाईका २ जना र बिराटनगर महानगरपालिकाका १ जना, उदयपुरको बेलका रामपुरको क्वारेनटाईनमा रहेका ३ जना, झापाको अर्जुनधारा शनिश्चरे क्वारेनटाईनमा रहेका २ जना र सुनसरीको ईनरुवाका २ जनामा क...
खोटाङमा छिमेकीले खुकुरी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती घाईते

खोटाङमा छिमेकीले खुकुरी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती घाईते

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा आज छिमेकीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । बिहान पौने ९ बजे स्थानीय ३६ बर्षीय शुभराज राईले छिमेकी ६५ बर्षीय डिल्लीराज राई र उनकी श्रीमती ६२ बर्षीया सममाया राईलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गंभीर घाईते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउँने तयारी गर्दैग...
इलाममा सरकारी कर्मचारी बलात्कृत, सव-इन्जिनियर पक्राउ

इलाममा सरकारी कर्मचारी बलात्कृत, सव-इन्जिनियर पक्राउ

इलाम । सरकारी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा ईलाममा एक सव-इन्जिनियर पक्राउ परेका छन् । बलात्कार आरोपमा ईलामको माङसेबुङ गाउँपालिका वडा नं.४ मा कार्यरत सव-इन्जिनियर काजीमान राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । पीडित महिला कर्मचारीले जबरजस्ती करणीको उजुरी दिएपछि माङसेबुङ गाउँपालिका–६ चिसोपानीका ५० बर्षीय राईलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी क...
error: Content is protected !!