संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागु गर्न खोजेको बिरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाईएको हो ।

Advertisement

राप्रपा (लोकतान्त्रिक) को अगुवाईमा निस्किएका युवाहरुले ओली र ट्रम्पको पुत्ला जलाउँदै सडकमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीका बिरुद्धमा पनि नाराबाजी गरेका छन् । ‘अमेरिकी राष्ट्रवाद मुर्दावाद, एमसीसी खारेज गर, केपी ओली मुर्दावाद’ लगायत नारा लगाउँदै युवाहरुले सडकमा प्रदर्शन गरेका हुन् ।

राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङसहितका युवाहरु प्रदर्शनमा सहभागि थिए । सो क्रममा बोल्दै अध्यक्ष तामाङले राष्ट्रघाती एमसीसी सम्झौता नेपालमा लागु गर्न खोजिएकाले बिरोध स्वरुप पुत्ला दहन गरिएको बताएका छन् । एमसीसीको बिरोधमा उत्रन सवैलाई आव्ह्वान गर्दै उनले नेपाली जनतालाई दास बनाउँन एमसीसी लागु गर्न खोजिएको आरोप लगाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!