काठमाडौं । भारतीय दुतावासले नेपालका ५६ वटा विद्यालय पुनर्निमाण गर्ने भएको छ । दुतावासले सोमबार विज्ञप्ति जारी गर्दै भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरु पुनर्निमाण गर्ने जनाएको हो ।
दुतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा लगायत जिल्लाका ५६ वटा विद्यालय पुनर्निमाणका लागि २ अर्व ९५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उच्च माध्यमिक विद्यालयको पुनर्निमाणका लागि सोमबार भारतीय दूतावास र शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबीच ७ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार नेपाल सरकारले तोकेको मापदण्डमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिनेछ । भूकम्प प्रतिरोधी संरचना पुनर्निमाणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थानले विद्यालयहरुको पुनःनिर्माणका लागि प्राविधिक सहयोग गर्नेछ ।