
काठमाडौं । मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ईलाम र सुनसरीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ईलाममा पहिलो पटक संक्रमित फेला परेका हुन् ।
सप्तरीमा ७ जना, चितवनमा २४ जना, नवलपुरमा १५ जना, धादिङमा १ जना, कपिलबस्तुमा १ जना, म्याग्दीमा १ जना, बागलुङमा ११ जना, धनुषामा ४५ जना, महोत्तरीमा ५० जना, सर्लाहीमा १ जना, दाङमा ६ जना, बाँकेमा ९ जना, जुम्लामा २ जना, सल्यानमा १२ जना, सुर्खेतमा ४ जना, दार्चुलामा १० जना, कञ्चनपुरमा १९ जना, डडेलधुरामा ७ जना, कैलालीम १ जना, रुपन्देहीमा २० जना र कपिलबस्तुमा ९ जना संक्रमित थपिएका हुन् ।














