
काठमाडौं । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।
सोमबार थप २० महिला २९४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना र पाँचथरका १ जनामा संक्रमण पुष्टि भएको छ ।














