
काठमाडौं । बिहिबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३० पुरुष र २० जना महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुनसरीका ३ जना, झापाका ३ जना, बाराका ७ जना, महोत्तरीका ४ जना, सप्तरीका ९ जना, सर्लाहीका २ जना, धादिङका ७ जना, रौतहटका ५७ जना, दाङका ८ जना, रोल्पाका १४ जना, बाँकेका १३ जना र दैलेखका ४८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तैगरी सुर्खेतमा ७ जना, कपिलबस्तुमा २ जना, प्यूठानमा ४ जना, रुपन्देहीमा २९ जना, कैलालीमा ७ जना, बाजुरामा १८ जना, बझाङमा २ जना र नवलपरासी पश्चिममा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ । जसमध्ये ८६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।














