संगालोखबर सम्बाददाता

धनकुटा । लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई आज उद्योग बाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै पुगेर बाणिज्य संघको टोलीले उनीहरुलाई सम्मान गरेको हो ।

Advertisement

संघका अध्यक्ष बिजयसन्तोषी राईसहितको टोलीले भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।

कोराना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भएर संकटमा परेकाहरुलाई घरधनीहरुले भाडा मिनाहा गरेका थिए । दुखमा परेका बेला भाडा मिनाहा गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै बाणिज्य संघले घरधनीहरुलाई सम्मान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!