संगालोखबर सम्वाददाता

धरान । धरानमा ग्यास सिलिण्डर चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको ग्यास सिलिण्डरसहित धरान–९ का २३ बर्षीय पवन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार गएराती करिव २ बजे धरान–१७ का श्रीप्रसाद राईको किरान पसलबाट तामाङले ग्यास सिलिण्डर चोरी गरेका थिए । चोरी गरेको सिलिण्डरसहित पक्राउ परेका तामाङबिरुद्ध सुनसरी जिल्ला अदालतमा आज चोरी मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तामाङ यस अघि २०७४ माघ २३ गते लागुऔषधसहित पक्राउ परेर धरौटीमा छुटेका थिए । धरान–८ स्थित कोशी राजमार्गबाट अबैध लागुऔषध डाईजेलाब ६ एम्पुल, ऐभिल ६ एमपुल र लुपिजैसिक ६ एम्पुलसहित पक्राउ परेर धरौटीमा छुटेका उनी पुनः चोरी मुद्दामा पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!