लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट एक/एक जनालाई पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिका–८ का शिवशंकर मेहेता अबैध लागुऔषध डाईलेक्स डी.सी.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ परेका हुन् । त्यस्तैगरी बिराटनगर महानगरपालिका–१६ का सन्तोष मण्...
मदिरा खुवाई बेहोस पारेर बालिकालाई बलात्कार

मदिरा खुवाई बेहोस पारेर बालिकालाई बलात्कार

सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ ग...
भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–३ मा चट्याङ लाग्दा ट्याम्केमैयुम गाउँपालिका–१ की १० बर्षीया रितिका राउतको मृत्यु भएको हो । मावली घरमा बस्दै आएकी  राउतको चट्याङ लागेर मृत्यु भएको हो । घर छेउको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाईते भएकी बालिकालाई उपचारका लागि खार्ताम्छा उप–स्वास्थ्य चौकी लगिएको थियो । उपचारकै क्रममा आईतबार साँझ पौने ६ बजे उनको मृ...
आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्री आङ्बोले आगामी आर्थिक बर्षको राजश्व र आय, व्ययको बार्षिक अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले ज...
८३ दिनदेखि बन्द रहेका सरकारी कार्यालय आजबाट खुल्ला, दुई सिफ्टमा सञ्चालन गरिने

८३ दिनदेखि बन्द रहेका सरकारी कार्यालय आजबाट खुल्ला, दुई सिफ्टमा सञ्चालन गरिने

काठमाडौं । लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्ने भएका छन् । बन्द रहेको ८३ दिनपछि देशभरका सरकारी कार्यालयहरु खुल्न लागेका हुन् । लकडाउनको समयमा मन्त्रालय र केही अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेक देशभरका सरकारी कार्यालय बन्द थिए । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने र असार १ गतेदेखि देशभरका सरकारी कार्यालयको सेवा सञ्चालन गर्ने निर्णय गरेकाले क...
२०७७ असार १ गते सोमवार/आजको राशिफल

२०७७ असार १ गते सोमवार/आजको राशिफल

वि.सं. २०७७ असार १। सोमवार। इ.स. २०२० जुन १५। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। दशमी, २९:३७ उप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। नजिकका टाढिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। केही पाउन केही वस्तु गुमाउनुपर्ला। खर्च लागे पनि समाजसेवा...
नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार पुुष्टि गरेको हो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसोलेशनमा उपचार भईरहेको थियो । क्यान्सर रोगसमेत भएका उनको शनिवार मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्...
मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुनसरीका १ जना, झापाका १ जना र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तैगरी पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७६ जना, नवलपरासी पूर्वका ४ जना, बझाङका ५ जना, डडेलधुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना, ...
बलिउड अभिनेता सुशान्त मृत फेला

बलिउड अभिनेता सुशान्त मृत फेला

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुत आज मृत फेला परेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा ३४ बर्षीय राजपुतको शव फेला परेको हो । उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए । उनले पछिल्लो पटक ‘के...
पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा हिड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाईते भएका फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको उपचारका क्रममा मृत्यु भएको हो । शनिवार साँझ करिव ६ बजे हिड्दै गर्दा लडेर आङवो घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारकै क्रममा गएराती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पर्वतमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

पर्वतमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । गएराती साँढे ९ बजे बर्षासँगै गएको पहिरोले उनीहरुलाई पुरेको हो । पहिरोले पुर्दा ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती र १० वर्षीया नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । थप दुई जनाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु भएका पाँच जनाको शव ...
२०७७ जेठ ३२ गते आईतबार/आजको राशिफल

२०७७ जेठ ३२ गते आईतबार/आजको राशिफल

वि.सं. २०७७ जेठ ३२ गते आइतवार। इ.स. २०२० जुन १४। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष नवमी, २७:३६ उप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्...
कोरोनाको कहर र अनलाइनको रहर

कोरोनाको कहर र अनलाइनको रहर

यो कोरोना भाइरसको महामारीले विकसित मूलुकमा स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुर्यायो तर हाम्रो नेपालमा शिक्षा क्षेत्रमा ठूलो उथलपुथल ल्यायो । वरिष्ठ शिक्षाविदेखि कनिष्ठ शिक्षकसमेत , यही कोरोनाको कारणले बनेका केही आइटी मास्टर र नव शिक्षाविद् सबैले ताली पिटे, दाँत देखाए निर्णयको समर्थन गरे । एस ई ई परीक्षा कापी कलमको पाटोबाट टाढा भयो । त्यो पनि लकडाउन खुकुलो बनाउने मन्त्री परिषद बैठकको निर्णयसँगै । ...
धनकुटामा असहाय वृद्धवृद्धालाई राहत, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

धनकुटामा असहाय वृद्धवृद्धालाई राहत, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

धनकुटा । धनशोभा राई स्मिृति सेवा केन्द्र धनकुटाले असहाय तथा फरक क्षमता भएका बिपन्न वृद्धवृद्धाहरुलाई राहत र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गिय धनशोभा राईको छैठौं स्मिृति दिवसको अवसर पारेर केन्द्रले धनकुटा नगरक्षेत्रका २४ जना वृद्धवृद्धालाई राहत र ४ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । धनकुटा नगरपालिकाको वडा नंं.३, ४, ५, ६, ७ र ८ का वृद्धवृद्धालाई रा...
संविधान संशोधन विधेयक पारित

संविधान संशोधन विधेयक पारित

काठमाडौं । नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हो । संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त भएकाले विधेयक पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् । बैठकमा २५८ सांसद सहभागि थिए । सबै...
कोरोनाबाट थप दुई जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

कोरोनाबाट थप दुई जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाराका ५ बर्षीय बालक र पर्साका करिव २५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १८ पुगेको छ । हालसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज...
थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिवार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङका ४ जना र झापाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रौतहटका ६२ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलबस्तुका २५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल...
२०७७ जेष्ठ ३१ गते शनिबार/आजको राशिफल

२०७७ जेष्ठ ३१ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ ३१ गते शनिबार ई. सं. २०२० जुन १३, नेपाल सम्बत ११४० तछलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, प्रीति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ७ः १ःबजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा तिल मुखमा राखेर जुनसकै दिशा...
धनकुटाको सडकमा दोस्रो दिन पनि मौन प्रदर्शन

धनकुटाको सडकमा दोस्रो दिन पनि मौन प्रदर्शन

धनकुटा । धनकुटाका युवा युवतीहरुले शुक्रबार पनि जिल्ला सदरमुकाममा मौन प्रदर्शन गरेका छन् । हुलाकटोलस्थित सडकमा बसेर उनीहरुले सरकारको ध्यानाकर्षण गराउँन प्लेकार्डसहित दवावमूलक प्रदर्शन गरेका हुन् । दवावमूलक र व्याङ्ग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु सडकमा बसेका थिए । ‘कर के का लागि ?, १० अर्ब खै ? जनता जान्न चाहन्छन्, क्वारेनटाईन सुरक्षित गर, आरडीटी परीक्षण बन्द गर, सरकार तिम्रो पाराले ...
धनकुटाका आठौं संक्रमित पनि कोरोनामुक्त, सबै निको भएपछि संक्रमितरहित बन्यो धनकुटा

धनकुटाका आठौं संक्रमित पनि कोरोनामुक्त, सबै निको भएपछि संक्रमितरहित बन्यो धनकुटा

धनकुटा । धनकुटाका आठौं कोरोना संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत सहिदभूमीका २७ बर्षीय युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । रोजगारीको सिलसिलामा भारत गएर फर्किएका उनको पीसीआर परीक्षण गर्दा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा परीक्ष...
नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु

नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट दुरबिन छिराएर मृगौलासम्म पुर...
नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १६ पुगेको छ । अर्घखाँचीका ५७ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याईएको थियो । लुम्बिनी अस्पतालमा उपचार गराई घर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरह...
कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, थप ४४८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, थप ४४८ जनामा संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४२४ पुरुष र २४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । शुक्रबार मोरङका ३ जना, झापाका १३ जना, सुनसरीका १० जना, ईलामका १ जना, उदयपुरमा ३ जना र सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ८७७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर...
सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु

सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा कारको ठक्करबाट घाईते भएकी एक महिलाको आज मृत्यु भएको छ । कारको ठक्करबाट घाईते भएकी सुन्दरहरैंचा—६ की ४२ बर्षीया हिमा आचार्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार सुन्दरहरैचाको दुलारी चौकस्थित राजमार्गमा को.१ च.८४८३ नम्बरको कारले साईकलमा सवार आचार्यलाइ ठक्कर दिँदा उनी गम्भीर घाईते भएकी थिईन । उपचारका लागि उनलाई बिराटनगरस्थित न्युरो अस्पताल ल्याई...
सोलुखुम्बुमा ढुंग्रीले हानेर छोराद्वारा बाबुको हत्या

सोलुखुम्बुमा ढुंग्रीले हानेर छोराद्वारा बाबुको हत्या

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाँउपालिकामा ढुंग्रीले हानेर छोराले बाबुको हत्या गरेका छन् । महाकुलुङ–४ का १९ बर्षीय कुबेर राईले घरायसी विवादमा आफ्नै बाबु ५७ बर्षीय सन्तकुमार राईको हत्या गरेको प्रहरीले जनाएको छ । बाबु छोराबीच बिहिबार राती विवाद भएको थियो । विवादका क्रममा झगडा हुँदा कुबेरले बाबुलाई आगो फुक्ने फलामको ढुंग्रीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । आफन्तले घटना...
सुनसरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

सुनसरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

  सुनसरी । सुनसरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । देवानगंज—७ रासीका जगरुप यादवकी पाँच बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएका हो । बिहिबार साँझ छ बजे घर नजिकैको पोखरी छेउमा खेल्ने क्रममा बालिका लडेकी थिईन । लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले देखेपछि उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उदयपुरमा बुबाले चलाएको ट्याक्टर पल्टिँदा छोरीको मृत्यु

उदयपुरमा बुबाले चलाएको ट्याक्टर पल्टिँदा छोरीको मृत्यु

उदयपुर । उदयपुरमा बुबाले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ । उदयपुरगढी–७ बाघखोरमा स.१ त.५१०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरगढी–६ की ९ बर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिका ट्याक्टर चालक बिदुर पाण्डेकी छोरी हुन् । बिहिबार साँझ करिव ५ बजे पाण्डेले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोरी बिबिषाको घटनास्थलमै मृत्...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को.२ त.८७१४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी रामप्रसादराई गाउँपालिका–५ की १४ बर्षीया पुष्पा पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बिहिबार साँझ ५ बजे अनियन्त्रित भई ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टरमा सवार बालिकाको घटनास...
सडकमा प्रदर्शन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

सडकमा प्रदर्शन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले सडकमा प्रदर्शनका नाममा भीडभाड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो केही दिन यता देशका बिभिन्न स्थानमा सरकारबिरुद्ध प्रदर्शन गर्ने क्रम बढ्दै गएपछि बिहिबारसाँझ गृह मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । ‘बिगत केही दिनदेखि बिभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट मानिसलाई जम्मा हुँन आव्ह्वान गर्ने, जुलुश प्रदर्शन, शान्तिपूर्ण धर्न...
२०७७ जेष्ठ ३० गते शुक्रबार/आजको राशिफल

२०७७ जेष्ठ ३० गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ ३० गते शुक्रबार ई. सं. २०२० जुन १२, नेपाल सम्बत ११४० तछलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै द...
धनकुटामा सरकारबिरुद्ध मौन प्रदर्शन (फोटो फिचरसहित)

धनकुटामा सरकारबिरुद्ध मौन प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा । सरकारको काम प्रति असन्तुष्टि जनाउँदै धनकुटाका युवायुवतीहरुले बिहिबार जिल्ला सदरमुकाममा सरकारबिरुद्ध मौन प्रदर्शन गरेका छन् । स्वतस्फूर्त रुपमा दर्जनौंको संख्यामा निश्किएका युवायुवतीहरुले प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका हुन् । दवावमूलक नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित मदनचौकमा निश्किएका उनीहरुले दिउँसो १२ देखि १ बजेसम्म मौन प्रदर्शन गरेका छन् । ‘क्वारेन्टाईन सुरक्षित गर, ...
error: Content is protected !!